विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३’ को दोश्रो खेल जहदा–२ ले जितेको छ ।
प्रतिस्पर्धी टीम धनपालथान–६ कारणवश खेलमा सहभागी हुन नसक्दा जहदा–२ लाई विजयी घोषणा गरिएको हो । यो सँगै जहदा–२ पाँचौं संस्करणको टुर्नामेन्टको क्वार्टर फाईनलमा पुगेको छ । लिगकम नकआउटको आधारमा वैशाख १९ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टमा जहदा र धनपालथानका ७/७ वटा टिमले सहभागिता जनाएका छन् ।
टुर्नामेन्टको आईतबार हुने खेल भने जहदा–६ र धनपालथान–१ तथा जहदा–१ र धनपालथान–५ बिच हुने आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार टुर्नामेन्टमा जहदा र धनपालथाल गाउँपालिकाका स्थानीय टिमहरुको सहभागिता रहेको छ । टुर्नामेन्टका क्वार्टर फाईनल खेलहरु वैशाख १५ र सेमिफाईनल खेलहरु १७ गतेबाट सुरु हुने बताईएको छ ।
टुर्नामेन्टको फाईनल खेल भने बैशाख १९ गते हुने आयोजक संस्था लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साहले बताए । उनले खेलको विजेता र उप–विजेता टिमले क्रमशः ५१ हजार र २५ हजारको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने जानकारी दिए ।
टुर्नामेन्टको म्यान अफ द सिरिजले भने ५ हजार ५ सयको नगद पुरस्कारसहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने बताईएको छ । राष्ट्रियस्तरका नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ जहदा गाउँपालिकासँगको सहकार्यमा लक्ष्मिनिया युवा क्लबले भने प्रत्येक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको छ ।
