Premier Cables
Premier Steel

कोशी प्रदेश

जहदामा सोलार बत्ती निभेको तीन वर्ष भयो, मर्मत गर्न पालिकाको छैन् चासो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०१, २०८३  | राती ९:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जहदा । मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ मा वर्षौंदेखि बिग्रिएको सोलार बत्ती मर्मत नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

विराटनगर महानगरपालिकाबाट गाउँपालिकातर्फ जाने मुख्य सडकमा राखिएका अधिकांश सोलार बत्तीहरू नबलेको अवस्थामा रहेका छन्, जसका कारण रातिको समयमा आवतजावत निकै जोखिमपूर्ण बनेको छ।

बिज्ञापन

स्थानीयका अनुसार, सोही बाटो हुँदै गाउँपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष लगायत अन्य कर्मचारीहरू दैनिक आवतजावत गर्ने गरे पनि रातिको समस्याप्रति कुनै ध्यान दिइएको छैन। विशेषगरी सो मार्गमा पर्ने सिङ्घिया खोलाको पुल क्षेत्रमा हरेक दिनजसो रातिको समयमा साना–ठूला दुर्घटना हुने गरेको गुनासो छ।

स्थानीय बासिन्दाले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको आरोप लगाएका छन्। “जनताको समस्या सुन्ने कोही छैन, केवल कुर्सीमा बस्नका लागि मात्र पद लिएको हो कि सेवा गर्नका लागि?” भन्ने प्रश्न समेत स्थानीयले उठाएका छन्।

यस विषयमा सम्बन्धित वडा अध्यक्ष र गाउँपालिकाको ध्यान तत्काल जान आवश्यक देखिएको छ। अन्यथा, भविष्यमाझ थप दुर्घटना हुने जोखिम उच्च रहेको स्थानीयहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka