Premier Cables

कोशी प्रदेश

खाँदबारीमा ललाई फकाई नाबालिका करणी गर्ने दुई जना पक्राउ

Calendar सोमबार, जेठ १२, २०८२  | बिहान ११:४४ बजे

विराटनगर । संखुवासभा जिल्लाको खाँदबारी बजार आएका दुई नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएअनुसार चिचिला गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३५ को तुफान राई र सोही पालिकाको वडा नं. ३ बस्ने वर्ष २८ को प्रकाश राई पक्राउ परेका हुन् । उनीहरुले खाँदबारी बजारमा भेटी ललाई फकाई गरी खाजा खाने र घुम्नसमेत जाने भनि मोटरसाईकलमा बस्न लगाई खाँदबारीको होटलमा लगी ती नाबालिकाहरुलाई जबरजस्ती करणी गरेको उनीहरुमाथि आरोप छ ।

बिज्ञापन

पीडित पक्षबाट प्राप्त जाहेरीको आधारमा निज प्रतिवादीहरुलाई खाँदबारी नगरपालिका वडा नं. १ बाट पक्राउ गरी जिल्ला अदालत चैनपुरमा पेश गरिएको थियो । अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो