Premier Cables

खेलकुद

नेपाल टपईन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया जाँदै

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | अपराह्न १:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी–२० सिरिजमा सहभागी हुने भएको छ। उक्त सिरिजमा नेपालले ६ फरक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले नर्थन टेरेटोरी स्ट्राइक्स, बंगलादेश ‘ए’, पाकिस्तान शाहीन्स, र अस्ट्रेलियाली बिग ब्यास लिगका तीन टोली — मेलवर्न स्टार्स, होबर्ट हरिकेन्स र मेलवर्न रेनेगेड्ससँग खेल्ने तालिका तय भएको छ।

विज्ञापन

सिरिज अस्ट्रेलियाको डार्बिनमा हुनेछ। तालिकाअनुसार नेपालले १५ अगस्टमा नर्थन टेरेटोरी, १६ अगस्टमा बंगलादेश ‘ए’, १८ अगस्टमा मेलवर्न स्टार्स, १९ अगस्टमा होबर्ट हरिकेन्स, २० अगस्टमा मेलवर्न रेनेगेड्स र २२ अगस्टमा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो सिरिज आगामी सेप्टेम्बरमा हुने आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरूप खेलिन लागेको हो। नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्य लिएको छ। साथै, छनोटपछिको तयारीस्वरूप नेपालले सेप्टेम्बरमै वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तयारी समेत गरिरहेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka