Premier Cables
Premier Steel

समाचार

नेपाल-यूएईबीच आज ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख ०७, २०८३  | बिहान ९:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल र यूएईबीचको बहुप्रतीक्षित ‘अन्डर लाइट्स’ टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।

नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेकाले यसलाई ऐतिहासिक रूपमा हेरिएको छ।

बिज्ञापन

यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन गरिएको छ। कप्तानसहित केही अनुभवी तथा नियमित खेलाडीलाई टोलीबाट बाहिर राखिएको छ भने नयाँ कप्तानको रूपमा दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारी दिइएको छ।

यूएई टोलीमा पनि नयाँ अनुहारहरू समावेश भएका छन्। भारतबाट बसाइ सरेर आवश्यक मापदण्ड पूरा गरेका खेलाडीहरू टोलीमा परेको चर्चा छ। यूएईको कप्तानी भने मुहम्मद वासीमले नै सम्हालिरहेका छन्।

हालसम्म नेपाल र यूएईबीच टी–२०आईमा ११ खेल भएका छन्, जसमा नेपालले ६ र यूएईले ५ खेल जितेको छ। कीर्तिपुरमा भने दुवै टोलीबीच एकमात्र खेल भएको थियो, जसमा यूएई विजयी भएको थियो।

दुवै टोली साढे दुई वर्षपछि कीर्तिपुरमा आमनेसामने हुन लागेका हुन्। यसअघि उनीहरू सन् २०२३ को अक्टोबरमा यहाँ खेलेका थिए। साथै, नेपाली टोलीले पनि करिब दुई वर्षपछि घरेलु मैदानमा टी–२०आई खेल्दैछ। यसअघि सन् २०२४ को मार्चमा अन्तिमपटक घरेलु शृंखला खेलेको थियो।

नेपालको टी–२०आई टोली:
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa