Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका मुख्यमन्त्रीको दाबी : नीति तथा कार्यक्रमले प्रदेशको आर्थिक उन्नति हुनेछ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ ११, २०८२  | साँझ ५:२१ बजे

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम, कार्यक्रमको पोको र बजेट होइन भन्ने सन्देश अहिलेको नीति कार्यक्रमले दिएको दाबी गरेका छन् ।

 

बिज्ञापन

यस पटकको नीति तथा कार्यक्रम छोटो छरितो र सबै विषयलाई समेट्ने खालको भएको बताउँदै यसले सहअस्तित्व सहकार्य र एकतालाई जोड दिएको बताए ।

 

आइतबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमाथि प्रदेश सभा सदस्यले उठाएको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले अहिलेको नीति कार्यक्रमले प्रदेशमा आर्थिक उन्नति र आन्तरिक आय बढाउन जोड दिएको उल्लेख गरे ।

नीति कार्यक्रमले दोस्रो आवधिक योजनाको लक्ष्य र प्रदेश सरकारले लिएको दीर्घकालीन लक्ष्यलाई समेत समेटेको भन्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे समझदारी हुँदै बनेको सरकारले सातवटा मूलभूत समस्याको समाधान गर्न सुरु गरेको दाबी गरे । यसलाई उनले महत्वपूर्ण उपलब्धि भनेका छन् ।

 

३ बुँदे मर्ममा भएको ७ बुँदे सहमति पछिल्लो समयमा निकै प्रभावकारी भएको उनले बताए । १० महिनाको अन्तरालमा बिग्रिएको आर्थिक अवस्था सही दिशामा आएको भन्दै कार्कीले निर्यात प्रवर्द्धनजस्ता क्षेत्रहरूमा पनि उल्लेखनीय सफलता मिलेको बताए ।

 

विकासका राम्रा नीतिहरूप्रति सकारात्मक समर्थन जनाउनु स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, “कुनै व्यक्तिले, संस्थाले वा दलले सरकारले अघि सारेका राम्रा योजनाको समर्थन गर्नु भनेको सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरू बन्ने चाहना देखाउनु होइन । यो सामान्य प्रक्रिया हो।”

 

नीति, कार्यक्रम र बजेटबीचको सम्बन्धबारे स्पष्ट पार्दै कार्कीले नीति र कार्यक्रम विकासको मार्गदर्शन भएको र त्यसको कार्यान्वयन बजेटले गर्ने सुनाए । भने, “काेसीमा आठवटा नीति तथा कार्यक्रम आइसकेका छन् । त्यसमा निरन्तरता र स्थायित्व जरुरी छ।”

 

उनले नीति तथा कार्यक्रममा राष्ष्ट्रिय विभूति, पूर्व राष्टाध्यक्ष तथा आन्दोलनका सहिदहरुको घर संरक्षण गर्ने र यसलाई प्रदेश सरकारको मातहतमा ल्याउने कुराको विरोध गर्न समेत आवश्यक नभएको बताए ।

 

इतिहासको संरक्षण गर्दै भावि पुस्तालाई जानकारी दिन पनि ती संरचनाको संरक्षण गर्न आवश्यक रहेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka