Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधि सभा बैठकमा ६ शीर्ष नेताले सम्बोधन गर्ने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | बिहान ११:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ।

दिउँसो २ बजे सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति भएको छ।

बिज्ञापन

संघीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन्। कांग्रेसका शीर्ष नेताहरू निर्वाचनमा पराजित भएको र दलको नेता चयन भइनसकेकाले आङ्देम्बेलाई बोल्ने जिम्मेवारी दिइएको बताइएको छ।

यसैगरी नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि बैठकमा मन्तव्य राख्ने कार्यक्रम तय भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka