Premier Cables
Premier Steel

मौसम

चट्याङ सहित वर्षाको सम्भावना

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र ०६, २०८२  | बिहान ७:५१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। अन्य प्रदेशका हिमाली भूभागमा पनि बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी स्थानमा मौसम मुख्यतः सफा रहेको छ।

बिज्ञापन

आज दिउँसो देशका अधिकांश क्षेत्रमा बदली रहनेछ। पश्चिमी वायु सक्रिय हुँदा कर्णाली र सुदूरपश्चिमका धेरै स्थान, गण्डकी र लुम्बिनीका साथै कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka