Premier Cables
Premier Steel

मौसम

कोशी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र ०३, २०८२  | बिहान ७:५६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिज्ञापन

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka