Premier Cables
Premier Steel

मौसम

कोसी प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | बिहान ८:२३ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ। देशभर सक्रिय मनसुनका कारण आज मधेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालका तराई नजिकै रहेकाले अधिकांश स्थानहरूमा वर्षाको सम्भावना बढेको हो।

बिज्ञापन

हाल देशभर आंशिकदेखि मध्यम बदलीको अवस्था रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो ती पाँचवटै प्रदेशमा मध्यम वर्षाको सम्भावना छ भने कोशी प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। रातिको समयमा पनि यिनै प्रदेशहरूका साथै अन्य केही भागहरूमा मध्यम वर्षा हुन सक्ने देखिएको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकीका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka