Premier Cables
Premier Steel

राष्ट्रिय

रौतहट-४ मा ऋषि धमलाले पाए ६५५ मत

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | राती ९:०४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । रौतहट–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले ३६ हजार ८७६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनालाई २१ हजार ११ मतान्तरले पराजित गरेका हुन्। तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गरेका छन्।

नेकपाका उम्मेदवार रामकुमार भट्टराईले ९ हजार ७७८ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका छन् भने एमालेका उम्मेदवार रामजी साह सोनारले ३ हजार ४७८ मत प्राप्त गरेका छन्।

यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमारले १ हजार ६२ मत, आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले ६५५ मत र उज्यालो नेपालका उम्मेदवार तुलसीराज गिरीले ४११ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka