विराटनगर । हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार विभिन्न दलहरूबीच प्रतिस्पर्धा जारी रहेको छ। प्राप्त प्रारम्भिक नतिजा अनुसार केही दलले जित हासिल गरेका छन् भने धेरै क्षेत्रमा मतगणना जारी हुँदा अग्रता कायम रहेको देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ सिट जित हासिल गरेको छ भने ९० स्थानमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले १ सिट जित हासिल गरेको छ र १० स्थानमा अग्रता बनाएको छ।
नेकपा एमालेले हालसम्म कुनै सिट जित्न सकेको छैन तर ७ स्थानमा अग्रता कायम गरेको छ। नेपाल कम्युनिष्ट पार्टी ९ स्थानमा अग्रता मा रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी १ स्थानमा अग्रता मा रहेको छ। श्रम संस्कृति पार्टी पनि १ स्थानमा अग्रता मा देखिएको छ।
मतगणना जारी रहेकाले आगामी परिणामले दलहरूको स्थिति अझ स्पष्ट हुने देखिएको छ । निर्वाचन आयोगले क्रमशः आधिकारिक नतिजा सार्वजनिक हुँदै जाने जनाएको छ ।
