Premier Cables
Premier Steel

राष्ट्रिय

निर्वाचनको प्रचार-प्रसार सुरु, जनताको घरदैलोमा सक्रिय भए उमेदवार

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण ०४, २०८२  | साँझ ६:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ  । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन आचारसंहिताअनुसार मतदान मितिभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था छ।

उक्त प्रावधानअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै सबै दल, उम्मेदवार र सरोकारवालाले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने आयोगले जनाएको छ। यही अवधिभित्र उम्मेदवारहरूले औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।

बिज्ञापन

आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जानकारी दिएको छ। आचारसंहिता उल्लङ्घन भएको पाइएमा सम्बन्धित पक्षलाई स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।

राजनीतिक दल तथा सरोकारवाला निकायसँगको व्यापक परामर्शपछि आचारसंहिता तयार गरिएको स्मरण गराउँदै आयोगले सबै दलले यसको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घनप्रति आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको छ। उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेतना, जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने कानुनी व्यवस्था रहेको जनाइएको छ।

त्यसैगरी, तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गरेर पनि प्रचार गर्न पाइनेछ। आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च व्यवस्थापनलगायत खर्चको विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

निर्वाचन अवधिमा कुनै दल वा उम्मेदवारविरुद्ध नकारात्मक प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले स्पष्ट पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka