२०८२ जेठ १०, शनिबार
Premier Cables

अर्थ

भिजिट भिसा प्रकरणपछि अध्यागमनका आठ कर्मचारीको सरुवा

Hamro Biratnagar Calendar शुक्रबार, जेठ ०९, २०८२  | 4:15 PM

विराटनगर । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका आठ जना कर्मचारीको सरुवा गरिएको छ ।

बिज्ञापन

गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा हुनेमा नायम सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन् ।

त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।

अख्तियारको निष्कर्ष

तीर्थराज प्युसा मात्र हुन्, भिजिट भिसाको जालो ‘उच्च तह’बाटै सञ्चालित छ । यसअघि गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई बयान लिइसकेको छ। अख्तियारले उनलाई जेठ ७ गते गृहमन्त्रालयबाट नियन्त्रणमा लिएको थियो। उनी जेठ ६ गतेमात्रै अध्यागमन विभागबाट गृहमन्त्रालय सरुवा भएर आएका थिए ।

अख्तियारले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर