Premier Cables
Premier Steel

राजनीति

आज मध्यरातदेखि लागू हुँदै मौन अवधि, के गर्न मिल्छ ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | बिहान ९:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार सोमबार राति १२ बजेदेखि राजनीतिक दल तथा उम्मेदवारहरूको चुनावी प्रचारप्रसार औपचारिक रूपमा बन्द हुँदैछ। आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरूलाई आफ्ना योजना र एजेन्डा प्रस्तुत गर्दै मत माग्न केही घण्टा मात्र बाँकी रहेको छ।

बिज्ञापन

आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समय मौन अवधि मानिन्छ। यस अवधिमा निर्वाचनलाई असर पार्ने किसिमका कुनै पनि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइँदैन।

मौन अवधि सुरु हुनु अघि मतदान स्थलको ३०० मिटर आसपास राखिएका सबै प्रचार सामग्री अनिवार्य रूपमा हटाउनुपर्ने व्यवस्था छ। साथै, भौतिक माध्यम मात्र होइन, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय प्लेटफर्ममार्फत मत माग्ने वा प्रचार गर्ने कार्यसमेत पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको उल्लंघन गरे कडा कारबाही गरिने स्पष्ट पार्नुभएको छ।

उहाँका अनुसार तोकिएको आचारसंहिताविपरीत गतिविधि गर्ने उम्मेदवार वा दलको मनोनयन रद्दसम्म हुनसक्ने भन्दै आयोगले निगरानी कडा बनाएको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka