Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीमा ‘नेक टु नेक’ टक्करमा छन् ‘हेभिवेट’ महिला उमेदवार

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण ०७, २०८२  | अपराह्न २:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनमा ५० जना महिला चुनावी दौडमा छन् ।

प्रमुख राजनीतिक दलसँगै नयाँ, पुराना र स्वतन्त्र उमेदवारी दिएका उनीहरुमध्ये अधिकांशको प्रतिस्पर्धा यसअघि चुनाव जितेका र कतिपय नयाँ दलका चर्चित अनुहारसँग हुँदैछ । नयाँ दलका चर्चित महिला अनुहारहरुसमेत चुनावी मैदानमा छन् । कतिपय क्षेत्रमा महिला महिलाबीच नै कडा प्रतिस्पर्धा हुनेसमेत देखिएको छ ।

बिज्ञापन

झापा २ हेभिवेट महिला उमेदवार उठेमध्येको एक क्षेत्र हो । यहाँ नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशीला चापागाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा राना मगर प्रतिस्पर्धामा छन् । प्रसाईं यसअघि समानुपाति सांसद थिइन । डा. शेखर कोइराला पक्षकी उनी पार्टीमा फरक र कडा ढंगले विचार प्रस्तुत गर्ने नेतृको रुपमा परिचित छिन् । उनी कांग्रेसमा निकै लामो समयदेखि सक्रिय छिन् ।

उनी प्रतिनिधि सभामा यसअघि सदस्य थिइन । राष्ट्रियसभामा एक कार्यकाल सांसदको भूमिका निर्वाह गरिसकेकी छन् । संविधानसभा निर्वाचन २०७० मा प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन । उनी पूर्व कृषि राज्यमन्त्री पनि हुन् ।
रास्वपाकी इन्दिरा राना मगर प्रतिनिधि सभामा उप–सभामुख थिइन । झापामा जन्मिएकी उनी अघिल्लो पटक रास्वपाबाट समानुपातिक सांसद थिइन । यसपटक प्रत्यक्ष निर्वाचनमा उमेदवार छिन् ।

राजनीतिमा पाइला राख्नुअघि मगर बन्दी सहायता नामक गैरसरकारी संस्था नेपालकी अध्यक्षका थिइन । संस्थाले जेल सजाय भोगिरहेका महिलाका सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल दिलाउन काम गर्ने गरेको थियो ।
सोही क्षेत्रकी नेकपा उमेदवार धर्मशीला चापागाईं माओवादी युद्धकालबाट राजनीतिमा सक्रिय भएकी नेता हुन् । उनी एक पटक सांसद भईसकेकी छिन् । चपागाईं माओवादी सहिद परिवारको सदस्य पनि हुन् । झापा २ मा अघिल्लो पटक एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए । उनी विघटित प्रतिनिधि सभाको सभामुख हुन् ।

झापा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी उमेदवार छिन् । युवामाझ लोकप्रिय उनको प्रतिस्पर्धा एमालेका रामचन्द्र उप्रेती र कांग्रेसका केशवराज पाण्डेसँग छ । उप्रेती सहकारी क्षेत्रमा काम गरेर चर्चामा आई पछि राजनीतिमा सक्रिय भएका हुन् ।

पाण्डे कांग्रेस झापा जिल्ला उपसभापति हुनुहुन्छ । डाँगी विघटित प्रतिनिधिसभामा कान्छी सांसदको थिइन । उनी समानुपातिक तर्फबाट सांसद बनेकी थिइन । यसपटक भने प्रत्यक्ष निर्वाचनमा होमिएकी छिन् ।
त्यस्तै, झापा ५ मा कांग्रेसकी मन्धरा चिमरिया एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग प्रतिस्पर्धामा छिन् ।

मोरङ ६ मा रुबिना आचार्य स्वतन्त्र पार्टीबाट उमेदवार छिन् । उनको प्रतिस्पर्धा कांग्रेसका डा. शेखर कोइराला र एमालेका विनोद ढकालसँग छ । सुनसरी ३ मा भगवती चौधरी कांग्रेसमा विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा छिन् । अघिल्लो पटक चौधरी निर्वाचित बनेकी थिइन । उनी संघीय मन्त्रीसमेत भईसकेकी छिन् ।

कोसीमा अरु को–को छन् महिला उमेदवार ?

झापा २ चन्द्रकुमारी गारु नेपाल मजदुर किसान पार्टीबाट उमेदवार छिन् । सोही क्षेत्रमाअमृता लावती संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उठेकी छिन् ।

झापा ३ मा धर्मलक्ष्मी दुवाल(लघु) नेपाल मजदुर किसान पार्टी, सोही क्षेत्रमा चन्द्रकला साँवा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, झापा ३ मै विनिता कुमारी राजवंशी जनता समाजवादी पार्टीले उमेदवार बनाएको छ । इलाम १ मा ज्वाला नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), तुल्सी केशरी प्रजापति(छुंचु), इलाम २ मा पवित्रा लिम्बू राष्ट्रिय जनमुक्ति पार्टी, निशा डाँगी झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), झापा १ मा जनता समाजवादी पार्टी, नेपालबाट रमा मेचे उमेदवार छन् ।
झापा ४ मा तुल्सीलक्ष्मी दुमरु (बाटी) नेपाल मजदुर किसान पार्टी, अमृता देवी राई श्रम संस्कृति पार्टीबाट उमेदवार छिन् ।

झापा ५ मा मन्धरा चिमरिया, रञ्जना गौतम, शोभा भण्डारी उमेदवार छन् । संखुवासभामा नेपाली कम्युनिष्ट पार्टीबाट सरिता थापा, श्रम संस्कृति पार्टीबाट उमाकुमारी राई, तेह्रथुममा उषालक्ष्मी तुम्वाहाङ्फे राष्ट्रिय परिवर्तन पार्टीबाट उमेदवार छिन् ।
मोरङ १ मा राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गाकुमारी तामाङ, शान्ति पाख्रिन लामा श्रम संस्कृति पार्टी, मोरङ ४ मा नुमा लिम्बू समावेशी सामाजवादी पार्टी, मोरङ ५ बाट आशा झा रास्वपाबाट, मंगोल नेशनल अर्गनाइजेसनले सकुन्तला श्रेष्ठ र सोही क्षेत्रमा ममता यादव स्वतन्त्र उमेदवार छिन् ।

मोरङ ६ मा रुबिना आचार्य स्वतन्त्र पार्टीबाट उमेदवार छिन् । मोरङ ६ मै सार्वभौम नागरिक पार्टीले प्रिती झालाई उमेदवार बनाएको छ । सुनसरी १ मा रास्वपाबाट गोमा तामाङ, स्वतन्त्र जीवनकला राई, सुनसरी २ मा गीतामैया बजिको नेपाल मजदुर किसान पार्टी, तजिता विष्ट प्रगतिशील लोकतान्त्रिक पार्टी, सन्तहिरा राई मंगोल नेशनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलास लिम्बू, नेपाल कम्युनिष्ट पार्टीबाट कृष्णकुमारी दनुवार, स्तन्त्र अन्जनादेवी गुप्ता, सुनसरी ३ मा भगवती चौधरी नेकपा एमाले, प्रकृति बासी नेपाल मजदुर किसान पार्टी, कासनरी थरुनी स्वतन्त्र, कुमारी उराव स्वतन्त्र, सुमन कुमारी चौधरी स्वतन्त्र, सुनसरी ४ मा सविता चौधरी जनता समाजवादी पार्टी, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी, पार्वती मुखिया स्वतन्त्र, फुलकुमारी खान स्वतन्त्र, यमुना केसी स्वतन्त्र, सोलुखुम्बुमा एमालेले कल्पना राईलाई उमेदवार बनाएको छ ।

अस्मिता थापा ओखलढुंगामा एमालेले उमेदवार बनाएको छ । सोही क्षेत्रमा सविना प्रजापति नेपाल मजदुर किसान पार्टी, किशोरी कार्की उज्यालो नेपाल पार्टी उमेदवार छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka