Premier Cables
Premier Steel

विराटनगर

चुनावभर मोरङमा रात्रीकालीन व्यवसाय सञ्चालनमा रोक

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न ३:५२ बजे
Hamro Biratnagar Headlines

मोरङ । जिल्ला प्रशासन कार्यालय, मोरङले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरू अस्थायी रूपमा बन्द गर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, डान्स बार, गीत-गजल लगायत सबै प्रकारका रात्रीकालीन व्यवसायहरू निर्वाचन परिणाम घोषणा नभएसम्म सञ्चालन गर्न नपाइने जनाइएको छ। प्रशासनले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।

प्रशासनले सम्बन्धित सबै व्यवसायी तथा सरोकारवालालाई निर्देशनको पालना गर्न अनुरोध गरेको छ।

सूचना सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर सहित सार्वजनिक गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka