Premier Cables
Premier Steel

कोशी प्रदेश

प्रदेश सांसदको प्रश्न : उदयपुर विमानस्थलको काम किन रोकियो ?

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बिहिबार, जेठ ०८, २०८२  | अपराह्न २:१४ बजे

उदयपुर । नेपाली कांग्रेसका सांसद हिमाल कार्कीले उदयपुर जिल्लामा एयरपोर्ट नबनाउने हो भने वनक्षेत्र ओगटेर राख्न नहुने बताएका छन् ।

कोसी प्रदेश सभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद कार्कीले लामो समय बितिसक्दा समेत विमानस्थलको काम अघि नबढेको भन्दै ठाउँमात्र ओगट्नुको अर्थ नरहेको बताए । उनले उदयपुर सिमेन्ट उद्योगलाई समेत पूर्ण क्षमतामा संचालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

बिज्ञापन

यसअघि उदयपुरमा निर्माण हुने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलमा रहेको वन क्षेत्र व्यवस्थापनको काम प्रारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड रुपैयाा बजेट माग गरेको थियो ।

प्रस्तावित विमानस्थल उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ मा रहेको छ ।

प्रस्तावित विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकको प्रतिवेदन तयार भई वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ । विमानस्थलको निर्माण कार्य प्रारम्भ गर्न सो क्षेत्रमा वन व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka