






विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य विराटनगर आएका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि पहिलो पटक उनी कोसी प्रदेशको भ्रमणमा आएका हुन । उनले प्राधिकरणको कोसी प्रदेश कार्यालय निरीक्षण गरी कर्मचारी तथा प्राविधिकहरुसँग छलफल गर्दैछन् ।
खासगरी कोसीमा औद्योगिक क्षेत्रमा भइरहेको अनियमित विद्युत आपूर्तिको सन्दर्भमा भएको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मोरङ उद्योग व्यापार संघले बिहीबार शाक्यको स्वागत कार्यक्रम आयोजना गरेको छ । औद्योगिक क्षेत्रमा हुने गरेको विद्युत कटौती, ट्रिपीङ र लो–भोल्टेजको विषयमा समेत जानकारी गराइने संघले जनाएको छ ।
संघीय मन्त्रिपरिषद्ले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गरेको थियो ।
शाक्य यसअघि २७ माघ २०७७ मा पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । तर २५ साउन २०७८ मा उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो ।