Premier Cables
Premier Steel

कोशी प्रदेश

पूर्वाञ्चल मेडिकल कलेज सञ्चालन गर्ने डा‍‍. शेखर कोइरालाको प्रतिवद्धता

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण ०४, २०८२  | साँझ ६:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । शेखर कोइरालाले पूर्वाञ्चल क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धता कार्यान्वयनको चरणमा पुगेको बताएका छन्।

२०७९ सालको निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन प्रक्रिया अघि बढिसकेको र हालसम्म ५० विद्यार्थी भर्ना भइसकेको उनले जानकारी दिए। यसलाई उनले क्षेत्रीय शैक्षिक विकासको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। विगतमा गरेका प्रतिबद्धता क्रमशः पूरा हुँदै जाने उनको भनाइ थियो।

बिज्ञापन

मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियामा आयोजित चुनावी सभामा बोल्दै उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउने रणनीतिले स्थानीय अर्थतन्त्र चलायमान बन्ने दाबी गरे। विद्यार्थी संख्या वृद्धि भएसँगै आवास, यातायात, साना व्यवसाय तथा सेवा क्षेत्र विस्तार भई समग्र आर्थिक गतिविधि बढ्ने उनले बताए।

उनका अनुसार नदी नियन्त्रण, तटबन्ध निर्माण, सडक विस्तार तथा सामुदायिक पूर्वाधार सुदृढीकरणमा पछिल्लो समय उल्लेखनीय प्रगति भएको छ। वृन्दावन गौशाला क्षेत्र, तेलिया खोला र गछिया खोलामा तटबन्ध निर्माणसँगै सडक, धार्मिकस्थल र शैक्षिक संस्थाको स्तरोन्नतिले स्थानीय संरचनामा सकारात्मक परिवर्तन देखिएको उनले उल्लेख गरे।

कृषि उत्पादनलाई दीगो बनाउनेतर्फ जोड दिँदै उनले मृगौलियाका किसानका लागि सिँचाइ सुविधा विस्तार गरिने बताए। बिग्रिएको डिप ट्युबवेलको सट्टा नयाँ जडान प्रक्रिया निर्वाचनपछि अघि बढाइने जानकारी दिँदै उनले सिँचाइ पूर्वाधार बलियो नभएसम्म कृषकको आम्दानी वृद्धि सम्भव नहुने धारणा राखे।

नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवारसमेत रहेका कोइरालाले चुनावी अभियानलाई तीव्रता दिएका छन्। प्रचारप्रसार समितिका अनुसार उनको पक्षमा जनसमर्थन बढ्दो क्रममा रहेको छ। क्षेत्रीय सभापति देवराज तामाङले अत्यधिक मतले विजय हासिल गर्ने लक्ष्यसहित प्रचार अघि बढाइएको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka