नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङका सबै छ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा माहोल सकारात्मक बन्दै गएको दाबी गरिएको छ। नेपाली कांग्रेस मोरङका अनुसार पार्टीका नेता–कार्यकर्ता एकजुट भएर चुनावी अभियानमा सक्रिय बनेका छन्।
जिल्ला सभापति डिकबहादुर लिम्बू टिकट वितरणपछि देखिएका असन्तुष्टि समाधान गर्दै संगठन सुदृढ बनाउन जुटेका छन्। उनले पार्टीभित्रका असमझदारी क्रमशः मिल्दै गएको दाबी गर्दै सबै क्षेत्रमा कांग्रेसको पक्षमा सकारात्मक सन्देश पुगेको बताए।
क्षेत्र नम्बर १ मा पहिलो चरणको अभियान सकेपछि लिम्बू क्षेत्र नम्बर ६ पुगेका छन्, जहाँ डा.शेखर कोइराला उम्मेदवार छन्। स्थानीय तहमा उत्साहजनक प्रतिक्रिया देखिएको जनाइएको छ।
कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा पकड कायम राख्ने लक्ष्य लिएको छ। मोरङ–१ मा खड्गबहादुर फागो, २ मा डा। मिनेन्द्र रिजाल, ३ मा डा। सुनील शर्मा, ४ मा गुरुराज घिमिरे, ५ मा फुलकुमार लावती र ६ मा डा। कोइरालाले उम्मेदवारी दिएका छन्। सभापति लिम्बूको सक्रियतासँगै चुनावी माहोल थप बलियो बन्दै गएको पार्टीले जनाएको छ।
