Premier Cables
Premier Steel

राजनीति

कांग्रेसले चुनाव जित्ने बताइसकेको छ- गगन थापा

Calendar मंगलबार, माघ २७, २०८२  | साँझ ७:४५ बजे

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन-जी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् । सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे ।

उनले भने, ‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनु भयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ ।’

थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भए पनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए । ‘हामीले त चुनाव २ वर्षपछि आउला भन्ने सोचेका थियौँ तर जेन-जीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो’, उनले भने, ‘यसले गर्दा चुनाव चाँडै आयो । त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ । नयाँ नेतृत्व छान्न तयार छ । भोट तपाईंहरूकै हातमा छ । जिताउनु हुन्छ भन्ने आशा लिएको छु।’

सभापति थापाले आज मधेसको सप्तरीको हनुमान नगर, रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए । यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka