२०८२ जेठ ०८, बिहिबार
Premier Cables

अर्थ कोशी प्रदेश

कोसीका यातायात कार्यालयमा विद्युतीय भुक्तानी प्रणाली शुरु, लाइन बस्ने झन्झट सकियो

Hamro Biratnagar Calendar बुधबार, जेठ ०७, २०८२  | 2:51 PM

विराटनगर । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले यातायात व्यवस्था कार्यालयहरुमा विद्युतीय भुक्तानी प्रणाली शुरु गरिएको बताएका छन् ।

बिज्ञापन

प्रदेश सभाको बुधबारको बैठकमा सरकारका तर्फबाट जवाफ दिने क्रममा मन्त्री भण्डारीले भने,“यो आर्थिक वर्षभित्रमा विद्युतीय सवारी भुक्तानी प्रणाली पनि आरम्भ हुने छ । बागमती र कोसी प्रदेशले यो प्रणाली शुरु गरेका छन् ।” उनले सुशासन र नागरिक मैत्री यातायात कार्यालयको अवधारणा अघि सारिएको दाबी पनि गरे ।

बिज्ञापन

मन्त्री भण्डारीले यातायात कार्यालयमा सेवा लिन जाने सेवाग्राहीको चाप अधिक हुने गरेकोले सहजताका लागि विद्युतीय भुक्तानी प्रणालीलाई लागू गरिएको बताए ।

विपद्को बजेट बढी प्रभावित भएका जिल्लाहरु पाँचथर, उदयपुर, इलामलगायतमा पठाइएको सुनाए । विपद् व्यवस्थापन र भौतिक पूर्वाधार पुर्ननिर्माणका लागि सरकारले विपद् कोष बनाएर ४० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, त्यो बजेट मन्त्रीका जिल्ला केन्द्रीत गरेर पठाइएको भन्दै प्रदेश सभा सदस्य र विपक्षी दलले विरोध गर्दै आएका छन् । प्रदेश सभामा कोसी सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर