२०८२ जेठ ०८, बिहिबार
Premier Cables

प्रदेश विराटनगर

कोसीका पूर्वमुख्यमन्त्रीको प्रश्न: झै–झगडा गर्ने मोरङका तीन इन्स्पेक्टरलाई के करवाही भयो ?

Hamro Biratnagar Calendar बुधबार, जेठ ०७, २०८२  | 2:37 PM

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले एक आपसमा झगडा र कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय मोरङ मातहतका तीन जना इन्स्पेक्टरहरुलाइै के कारवाही भयो भन्दै प्रदेश सभामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिज्ञापन

केही दिनअघि तीन जना इन्स्पेक्टरहरु एक आपसमा झगडा गरेको सामाचार प्रकाशन भएको थियो । सोही प्रसंग सदनमा उठाउँदै पूर्वमुख्यमन्त्री कार्कीले भने,“ गृहमन्त्री अगाडि बोल्दै हुनुहुन्छ पछाडि एसपीले गुट्खा खानुहुन्छ । त्यही हो अनुशासन ? तीनवटा इन्सपेक्टर लडाइँ गर्छन । प्रहरीहरु झगडा गरेकोमा केही खोज पड्ताल छैन । अरु भएको भए हतकडी लागि सक्थ्यो । सुशासन के लाई भन्ने ? त्यही भएर प्रदेश प्रहरी खोजेको हो । यहीँ आन्तरिक मामिला मन्त्री ज्यूलाई रोस्ट्रममा उभ्याएर प्रश्न सोध्न सक्ने गरी ।”

बिज्ञापन

कार्कीले सीमामा दिउँसो झोलेपेकेलाई रोकेर रातिराति ट्रकमा राखेका सामान प्रहरीकै सहयोगमा पास गराइने गरेको दाबी गरे । दिउँसो दुई किलो चिनी बोकेर आउनेलाई रोक्ने तर राति ट्रक छिराउन मिल्छ ? भन्दै कार्कीले प्रश्न गरे ।

आफू राति निरीक्षणमा जाँदा रानीको अरुण सिनेमा हल नजिकैको गल्लीबाट ठेलामा सरसामान राखेर विराटनगरतर्फ ल्याइने गरेको दाबी गरे ।
विराटनगरमा सम्पन्न प्रदेश स्तरीय सुरक्षा गोष्ठीको अध्यक्षता प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई अध्यक्षता गर्न नदिएको विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर