Premier Cables
Premier Steel

कोशी प्रदेश

साइकलमै चुनावी मैदानमा स्वतन्त्र उमेदवार भक्ति दाहाल

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ २३, २०८२  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। काँधमा धोक्रो, त्यसभित्र एउटा झोला र झोलाभित्र केही प्रचार सामग्री। विराटनगर महानगरपालिका-१ का भक्ति दाहाल यिनै साधनका भरमा सहरका टोल, गल्ली र गाउँ-बस्ती दौडिरहेका छन्। बिहान घरमै खाना खान्छन् र साइकल चढेर चुनावी प्रचारमा निस्कन्छन्।

ठूला दलका प्रभावशाली उम्मेदवारजस्तो ठाँटबाँट उनीसँग छैन। न गाडी छ, न कार्यकर्ताको भीड। उनी साइकलमै निर्वाचन क्षेत्र डुल्दै मतदातासम्म पुगिरहेका छन्। चुनावी प्रचारमा उनले आफ्नै शैली अपनाएका छन्।

बिज्ञापन

“मसँग माइक छैन, धेरै पर्चा–पम्प्लेट पनि छैन,” दाहाल भन्छन्, “घर-घर पुगेर आफ्ना कुरा राखिरहेको छु। मत मागिरहेको छु। भिडियो हेर्न मिल्ने मोबाइलसमेत छैन, यही साधारण मोबाइलले काम चलाइरहेको छु।”

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार दाहालको दैनिकी अधिकांश समय मतदाताको घरदैलोमै बित्छ। उनी पहिला मतदाताका गुनासा र अपेक्षा सुन्छन्, टिपोट गर्छन् र आफ्ना धारणा राखेर नमस्कार गर्दै बिदा हुन्छन्।

“ठूला भनिने दलका नेताको व्यवहार, जितेपछि जनतामा नफर्किने प्रवृत्ति, आसेपासे र कार्यकर्ताको मात्र कुरा सुन्ने गरेको गुनासो धेरैको छ,” उनी भन्छन्।

 

दाहालका अनुसार उनी साइकलमा दैनिक करिब ४० किलोमिटर यात्रा गर्दै प्रचारमा खटिएका छन्। साइकलमा मत माग्न आएको देखेर धेरैले अनौठो मान्दै ‘कुन पार्टीको उम्मेदवार हो’ भनेर सोध्ने गरेको उनी बताउँछन्। त्यसको जवाफमा ‘आफूसँग यही साधन भएकाले यसैमा आएको’ भन्ने गरेको उनको भनाइ छ।

मतदाताबाट यसपटक परिवर्तनको चाहना प्रस्ट देखिएको दाहाल बताउँछन्। “ठूला भनिने दलका नेताको व्यवहार, जितेपछि जनतामा नफर्किने प्रवृत्ति, आसेपासे र कार्यकर्ताको मात्र कुरा सुन्ने गरेको गुनासो धेरैको छ,” उनी भन्छन्।

आफू निर्वाचित भएमा सबै नागरिकले समान विकास, इज्जत र हैसियत पाउने कानुन निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता उनी मतदातासमक्ष राख्दै आएका छन्। “जनताका पक्षमा काम गर्ने हामीजस्ता उम्मेदवारलाई मत दिनुहोस् भनेर भोट मागिरहेको छु,” दाहालले भने।

मोरङ-४ मा दाहालसहित तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। दाहाल विराटनगरका साहित्यकार पनि हुन्। प्रचारमा निस्कँदा उनी आफूले पाण्डुलिपिको रूपमा तयार पारेको नेपाली शब्दकोष ‘शब्दमाला’ पनि साथमै बोकेर हिँड्छन्।

‘शब्दमाला’ प्रकाशित गर्ने सपना भए पनि आर्थिक अभावका कारण हालसम्म सम्भव नभएको उनी बताउँछन्। उनले तयार पारेको शब्दकोषमा एक लाख ४५ हजारभन्दा बढी शब्द समेटिएका छन्, जसमा व्याकरण, ध्वनिविज्ञान, लोकभाषा र व्यवहारमा आधारित शब्दहरू समावेश छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka