Premier Cables
Premier Steel

समाचार

मोरङ-२ मा जनतामाझ सबैभन्दा लोकप्रिय डा. मिनेन्द्र रिजाल, कांग्रेसको पक्षमा नतिजा दिन मतदाता तयार

Calendar सोमबार, माघ १२, २०८२  | साँझ ५:५० बजे

विराटनगर । अघिल्लो पटक नेपाली कांग्रेसले मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा सूजाता कोइरालालाई उमेदवार बनायो । तर, एमाले उमेदवार ऋषिकेश पोखरेलसामु उनी फिका परिन ।

अघिदेखि नै सुजाताले नतिजा निकाल्ने अड्कल भने थिएन । त्यो क्षेत्रमा लामो समयदेखि डा. मिनेन्द्र रिजाल सक्रिय थिए । त्यसअघिको निर्वाचनमा कांग्रेस धेरै ठाउँमा पराजित हुँदा रिजालले नतिजा दिएका थिए ।

सूजाताको साटो उनैले टिकट पाउने मतदाता र त्यस क्षेत्रका जनताको विश्वास थियो तर शेरबहादुर देउवाले टिकट दिएनन् । नतिजा कांग्रेसको पक्षमा आएन ।

यस पटक फेरि गगन थापा सभापति भएपछि रिजालले टिकट पाएका छन् ।

क्षेत्र नम्बर २ को भूगोलसँग परिचित र जनताको दुःखमा साथ दिने परिचय बनाएका उनको छविपनि राम्रो छ । यस पटक निकै लोकप्रिय र सर्वसाधारणको हाइहाइ भएर रिजालले चुनावी अभियान संचालन गरिरहेका छन् । धेरैले रिजालको पक्षमा नजिता आउने विश्वास गरेका छन् ।

उनी जनतामाझ लोकप्रिय हुनुको कारण विकासप्रेमी भएकोले पनि छ ।

संघीय संसदमा रहेका बेला उनले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत सडक, सिंचाई, स्वास्थ्य, शिक्षा लगायत धेरै क्षेत्रको विकासमा काम गरे । त्यसको जस उनैलाई जान्छ ।

अहिले त्यो क्षेत्रमा एउटा कुनै पालिकामा काम गरेको भन्दै प्रचार गरिएका उमेदवारको तुलनामा रिजाल लामो रेस दौडने सक्ने नेताको रुपमा परिचत भएका छन् ।

रिजाल भन्छन्,‘‘गिरिजाबाबुको पालादेखि नै यो क्षेत्रका जनताको लगाव कांग्रेससँग छ, म त्यसलाई कायम गराउन अझ मेहनत गर्दैछु ।’’

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka