Premier Cables

अपराध

झापामा ब्राउन सुगर बरामद, दुई जना पक्राउ

Calendar शुक्रबार, असार २७, २०८२  | अपराह्न १२:४२ बजे

बिर्तामोड । झापाका दुई स्थानहरुबाट २ सय ६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित ओसारपसारमा संलग्न २ जनालाई पक्राउ परेका छन् ।

कोसी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत विशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेको बताइएको छ । झापा गाउँपालिका ४ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका दुई जनालाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा कनकाई नगरपालिका १ का ३० बर्षीय पवन ऋषिदेव छन् । उनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा साईकलको ट्युबभित्र लुकाई ल्याउँदै गरेको ब्राउन सुगर १ सय ६७ ग्राम बरामद भएको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले साँझ झापा गाउँपालिका १ स्थितबाट ९३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित भारत बिहारका ६० वर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027