Premier Cables
Premier Steel

विराटनगर

कोशी अञ्चल अस्पतालमा बिरामी तथा कुरुवालाई भोजन वितरण

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ ०८, २०८२  | साँझ ४:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी अञ्चल अस्पतालमा उपचाररत बिरामी तथा उनीहरूको कुरुवाहरूलाई लक्षित गर्दै करिब २५० जनालाई भोजन वितरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नर सेवा नारायण सेवा टोलीद्वारा भोजन तयारी तथा व्यवस्थापन गरिएको थियो। सेवामूलक भावनाका साथ आयोजना गरिएको यस कार्यक्रममा बिरामी र उनीहरूका परिवारजनलाई निःशुल्क भोजन प्रदान गरिएको हो।

बिज्ञापन

कार्यक्रममा सरिता गोल्छा, दिप्ती तोदी, स्नेहा अटल तथा पूनम रमेश राठीको उपस्थिति रहेको थियो। सहभागीहरूले मानव सेवामा आधारित यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रमकी अध्यक्ष गिरिजा सारडाले सामाजिक सेवामा निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै अस्पतालमा रहेका बिरामी र कुरुवाहरूका लागि यस्ता सहयोगात्मक कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताउनुभयो।

उहाँले नर सेवा नारायण सेवा टोलीको सहयोग र समर्पणप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तर समर्थन रहने प्रतिबद्धता जनाउनुभयो।

यस प्रकारका कार्यक्रमहरूले मानवीय संवेदना, सहयोग र सेवाको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको भनाइ रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka