Premier Cables
Premier Steel

समाचार

सर्वोच्चद्वारा कांग्रेस विवाद निरुपण, निर्वाचन आयोगकै निर्णय सदर

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | साँझ ५:०५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्नुपर्ने माग अस्वीकार गरेको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मंगलबार (माघ ६) अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्ने आदेश दिएको हो।

सर्वोच्चको यस निर्णयसँगै गगन थापा नेतृत्वको कार्यसमितिले काम गर्न पाउने बाटो खुलेको छ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैध रहेको दाबी गर्दै रिट दायर गरेका थिए।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने निर्णय गरेपछि देउवा र खड्का सर्वोच्च अदालत पुगेका हुन्।

रिट निवेदक पक्षका कानुन व्यवसायीले बहसका क्रममा गगन थापा नेतृत्वको कार्यसमिति भंग हुनुपर्ने माग गरेका थिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka