Premier Cables
Premier Steel

कोशी प्रदेश

धरानमा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १२ जना घाइते

Calendar आइतबार, माघ ०४, २०८२  | साँझ ६:३२ बजे

सुनसरी । धरानको जिरोप्वाइन्टमा आइतबार दिउँसो सवा ४ बजे बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका-१३ जिरो प्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बिज्ञापन

बस श्री कृष्ण प्रणामी मन्दिरको सटरमा रहेको न्यू सभा मेडिलकमा गएर ठोक्किँदा ५ जना यात्रुको घटनास्थलमानै मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले जानकारी दिए ।

मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा धरानका डीएसपी भिषणबाबु राईको कमान्डमा २० जना टोलीले उद्धार तथा अनुसन्धान गरिरहेको थेबेले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka