Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

यो कस्तो मजाक हो ? उदयपुरको पर्यटकीय क्षेत्र चितवनको सौराहा ?

नोट: यो समाचार ३ महिना अघिको हो

Santosh Bastola Calendar सोमबार, जेठ ०५, २०८२  | राती १०:१५ बजे

कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षको रूपमा घोषणा गरेर तेह्रथुम जिल्लाको तिनजुरेमा यसको औपचारिक उद्घाटन गरेको थियो। यस योजनालाई सफल बनाउन प्रदेश सरकारको पर्यटन मन्त्रालयले १० करोड रुपैयाँ बजेट बिनियोजन गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ। तर, यस महत्त्वाकांक्षी योजनामा जोडिएका गतिविधिहरूले विवाद र आलोचनाको सामना गरिरहेका छन्।

सोमबार, कोशी प्रदेशको बजेट अधिवेशनका क्रममा प्रदेशसभाको भवन बाहिर प्रदर्शन गरिएका पोस्टरहरूले प्रदेशका १४ जिल्लाका पर्यटकीय स्थलहरूको प्रचार गर्ने प्रयास गरिएको थियो। तर, यस्ता पोस्टरहरूमा देखिएका तस्बिरहरू गलत सूचनाले भरिएका थिए।

बिज्ञापन

पोस्टरमा उदयपुर जिल्लाको पर्यटकीय क्षेत्र भनेर प्रस्तुत गरिएको तस्बिर वास्तवमा चितवन राष्ट्रिय निकुञ्जमा गरिएको जङ्गल सफारीको थियो। यो तस्बिर गुगलबाट तानिएको हुनाले उदयपुरसँग कुनै सम्बन्ध थिएन। यस घटनाले सरकारी कार्यक्रमको तयारी र सूचनाको प्रामाणिकतामा प्रश्न उठाएको छ।

अर्को विवाद सुनसरी जिल्लालाई लिएर देखियो। सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र मन्दिरलाई धनकुटाको पर्यटकीय क्षेत्रको रूपमा गलत रूपमा समावेश गरिएको थियो। यही कारणले सोमबार प्रदेशसभामा सुनसरी जिल्लाको ब्यानर समावेश गरिएको थिएन।

यो पहिला पनि तिनजुरेमा गरिएको उद्घाटन कार्यक्रमका सामग्रीहरूमा गलत तस्बिरहरू समावेश भएको देखिएको थियो। यस्तो स्थिति १० करोड रुपैयाँ बजेट भएको योजनामा देखा पर्नु हास्यास्पद मात्र नभई, गम्भीर कमजोरीको सङ्केत हो।

पर्यटन वर्षको उद्देश्य लाखौं पर्यटक भित्र्याउने रहेको छ। तर, यस्ता कमजोरीहरूले योजनाको विश्वसनीयता कमजोर बनाउँदैछ। प्रदेश सभासद् र स्थानीय नागरिकहरूले यो प्रकरणमा जिम्मेवार निकायलाई कारबाही गर्न माग गरेका छन्।

कोशी प्रदेशको पर्यटन वर्ष सफल बनाउनका लागि योजनाबद्ध, प्रामाणिक, र जिम्मेवार प्रविधिक व्यवस्था आवश्यक छ। अन्यथा, यस्ता कमजोरीहरूले प्रदेशको पर्यटन विकासमा अवरोध मात्र सिर्जना गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka