Premier Cables

कोशी प्रदेश

कोशी प्रदेश सरकारले हेलिकप्टरबाट इलाममा राहत सामग्री पठायो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २१, २०८२  | बिहान ११:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्‍याएको छ। दुई ठाउँका १०० परिवारलाई ती सामग्री पठाइएको हो ।

बिहान हेलिकप्टर मार्फत राहत सामग्री लगिएको हो। कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइ एको जानकारी दिए ।

विज्ञापन

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री पठाएको हो।

मुख्यमन्त्रीले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाईएको जानकारी दिए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाइएको छ।

प्रदेश सरकारले असोज १७ र १८ गते भएको अविरल बर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरुको उद्धारको कार्य पछि राहत सामग्री पठाएको मन्त्रालयका सचिव आचार्यले बताउनुभयो । अहिले बिहान इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टर मार्फत सामग्री पुगेको छ। र थप सामग्री पुर्याउने सरकारको तयारी छ।

बाढी पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत सामग्रीहरु पठाईएको प्रदेश सरकारले जानकारी दिएको छ।

बाढी पहिरोका कारण इलामको सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka