Premier Cables
Premier Steel

कोशी प्रदेश

काठमाडौंबाट विराटनगर फर्किए कोशीका मुख्यमन्त्री, विपद्को विषयमा छलफल

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २०, २०८२  | साँझ ५:५० बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्रीले हालै आएको विपद् पछिको अवस्था, खोज, उद्धार तथा राहत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल तथा समन्वय थालेका छन् ।

मुख्यमन्त्री कार्यालयमा आयोजित बैठकमा आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी र मन्त्रालयका सचिव रामप्रसाद आचार्यको उपस्थिति रहेको थियो।

बिज्ञापन

बैठकमा विपद् पछिको अवस्थाबारे गम्भीर छलफल गरिनुको साथै खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन विभिन्न उपायहरूबारे समीक्षा गरिएको छ। राहत वितरणमा पारदर्शिता र शीघ्रता कायम राख्नुपर्नेमा जोड दिइएको छ।

मुख्यमन्त्रीले फोनमार्फत प्रदेशका प्रमुख राजनीतिक दलहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशस्थित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयहरू तथा नागरिक समाजसँग आवश्यक समन्वय गर्दै राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास गर्न भनेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka