Premier Cables

राजनीति

एमालेले सबै उमेदवारको टुंगो भोलि लगाउने

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | अपराह्न २:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सचिवालय बैठक शनिबार माघ ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन हुने भएकाले एमालेले सो बैठकमार्फत उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो।

विज्ञापन

एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला तथा प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारका नाम सिफारिस गरिसकेका छन्। सिफारिस सूचीमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम एकल रूपमा परेको छ।

हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नअन्तर्गत उम्मेदवार अघि सार्ने जनाएको छ।

दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई निर्वाचन क्षेत्रमा पुग्न र मनोनयनको तयारी गर्न समय लाग्ने भएकाले सचिवालय बैठकमार्फत समयमै उम्मेदवारी टुंग्याउन लागिएको शाहीले बताए। यसअघि केन्द्रीय कमिटीको दोस्रो बैठकले उम्मेदवार चयनको जिम्मेवारी सचिवालयलाई दिएको थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka