Premier Cables

राजनीति

पूर्ण बहादुरको दाबीः ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशन प्रतिनिधि फिर्ता भए

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | अपराह्न १२:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको दाबी गरेका छन् ।

शुक्रबार (माघ २) निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।

विज्ञापन

हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताए ।

विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूसँग रहेको उनको भनाइ छ ।

उनले भने, “हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।”

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ । –न्युज एजेन्सी नेपाल

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka