Premier Cables
Premier Steel

राजनीति

देशलाई अब अल्पकालीन निर्णयभन्दा दीर्घकालीन दृष्टिकोणले अघि बढाइनु पर्छ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशलाई अब अल्पकालीन निर्णयभन्दा दीर्घकालीन दृष्टिकोण र लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन्।

भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै उनले विकासको अर्थ सडक र ठूला संरचनामा मात्र सीमित नहुने स्पष्ट पारेका हुन्।

बिज्ञापन

मेयर शाहका अनुसार विकास भनेको सुरक्षित संरचना निर्माण गर्नु, देशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउनु र आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने संस्थागत सुधार गर्नु हो। उनले भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै इमानदारी र दीर्घकालीन सोचसहित देश अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि आफू सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गरेको अनुभव पनि उनले स्मरण गरेका छन्। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको र गोरखासहित ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको उनको दाबी छ।

मेयर शाहले भूकम्पीय जोखिम उच्च भएको नेपालमा विकास सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र सम्भव नहुने उल्लेख गर्दै भौगोलिक संरचना र सामाजिक विविधतालाई सँगसँगै अघि बढाउनुपर्ने बताए। राष्ट्र विकास भनेको भूगोल र जनताको समान विकास भएको र त्यसलाई जोड्ने आधार बलियो बनाउनुपर्ने उनको भनाइ छ।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सन्तुलन, जिम्मेवार नीति तथा इमानदार नेतृत्व अपरिहार्य रहेको उनले निष्कर्ष निकालेका छन्। यही बुझाइका आधारमा भारत गई स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको जानकारी पनि उनले दिएका छन्।

अध्ययनपछि विदेशमा सुविधा सम्पन्न जीवनको अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको बताउँदै मेयर शाहले नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हाल्ने अवसर पाएको उल्लेख गरे। उनले शब्दभन्दा कामलाई प्राथमिकता दिँदै स्थानीय तहबाटै पारदर्शी प्रणाली, संरचनागत सुधार र आम नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने सेवा प्रवाहको सुरुवात गरिएको बताए।

महानगरमा सुरु भएका सुधारलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने समय आएको उनको धारणा छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka