Premier Cables
Premier Steel

समाचार

२० लाख भन्दा बढी हुन्डीको रकमसहित एक जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ ०४, २०८२  | राती १०:०८ बजे

जिल्ला प्रहरी परिसर काठमाडौंले २० लाख २९ हजार ६२० रुपैयाँ हुन्डी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौं महानगरपालिका- २४ जुद्ध सालिकस्थितबाट सिन्धुपाल्चोकको
बाह्रबीसे नगरपालिका- ४ पलाती घर काठमाडौं महानगरपालिका- ३२ पेप्सीकोला बस्ने २४ वर्षीय सञ्जय बस्नेत उक्त हुन्डी रकमसहित आज पक्राउ गरिएको हो ।

बिज्ञापन

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रीतपूर्वक खानतलासी गर्दा फेला उक्त हुन्डी रकम बरामद भएको एसपी बोहराले जानकारी दिए ।

बस्नेतको साथबाट १००० दरको नोट १,७७९ वटा अर्थात् १७ लाख ७९ हजार, ५०० दरको नोट ५०१ वटा अर्थात दुई लाख ५० हजार ५००, १०० दरको नोट १ वटा अर्थात १०० र २० दरको १ वटा अर्थात २० रुपैयाँ बरामद भएको परिसरले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट आइफोन १४ प्रो एक थान र हस्ताक्षर गरेको तथा खाली विभिन्न बैंकको ३० थान चेकसमेत बरामद भएको छ । प्रहरीले नियन्त्रणमा लिएका बस्नेतविरुद्ध थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka