Premier Cables
Premier Steel

राजनीति

पुस २२ गतेबाट मतपत्र छपाइ

Calendar शनिबार, पुष १९, २०८२  | अपराह्न १:१७ बजे

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले पुस २२ गतेबाट मतपत्र छपाइको काम सुरू गर्ने भएको छ ।

जनक शिक्षाले शुक्रबारबाट नमूना मतपत्र छपाइ गर्ने तयारी गरेता पनि प्राविधिक कारण देखाइ ४ दिनपछिबाट सुरू गरिने प्रवक्ता राम कुँवरले जानकारी दिनुभएको छ ।

बिज्ञापन

मतपत्र छपाइका लागि जनक शिक्षाले आवश्यक सबै तयारी पूरा गरिसकेको र निर्वाचन आयोगसँगको समन्वनयमै समानुपातिकतर्फको मतपत्र छपाइ सुरू गर्ने जनाएको छ ।

निवार्चनका लागि ४ करोड मतपत्रसहित नमूना मत्रपत्र, मतदाता परिचयपत्र, सूचनामुलक पोष्टरहरूलगायतका आवश्यक सामग्री छपाइका लागि केन्द्रले २९ दिनको कार्यतालिका बनाएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।

जनक शिक्षाले मतपत्र छपाईका लागि ४ वटा अत्याधुनिक मेसिन मर्मत गरी २ सय ५० जना जनशक्ति समेत तयारी अवस्थामा राखिसकेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka