Premier Cables

राजनीति

राप्रपा र राप्रपा नेपाल मिले

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष १६, २०८२  | अपराह्न ३:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्व समूहबीचको एकता घोषणासभा आयोजना गरिएको छ।

यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता गर्ने सहमति गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सोही सहमतिको कार्यान्वयनस्वरूप बुधबार काठमाडौंमा औपचारिक कार्यक्रममार्फत एकता घोषणा हुन लागेको हो।

विज्ञापन

राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि तत्कालीन अध्यक्ष कमल थापाले २०७८ माघ २५ गते पार्टीबाट अलग हुने घोषणा गरेका थिए।

२०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोपसमेत लगाएका थिए।

यसपछि थापाले २०७८ फागुन ७ गते ‘राप्रपा नेपाल’ गठनको घोषणा गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka