Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा यात्रुहरुसँग मनपरी भाडा नासुल्न ट्राफिक प्रहरीको चेतावनी, बढी लिए कारबाही गरिने 

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ०३, २०८२  | साँझ ६:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सार्वजनिक सवारी साधनद्वारा यात्रुहरूसँग लिने भाडाको विषयमा अनुगमन गरेको छ।

शनिबार विराटनगरका विभिन्न स्थानहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन लम्सालको नेतृत्वमा गरिएको अनुगमनमा बस, विंगर, माइक्रो, म्याजिक, ई-रिक्सा र टेम्पुहरूले लिने भाडादरको अवस्था जाँच गरिएको थियो।

बिज्ञापन

प्रहरी प्रमुख लम्सालका अनुसार अनुगमनका क्रममा निर्धारित भन्दा बढी भाडा लिने सवारी साधनहरूलाई चेतावनी दिइएको छ।

यो कदमले यातायात क्षेत्रमा अनुशासन कायम गर्नुका साथै ठगीको सिकार भएका यात्रुहरूको सुरक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लम्सालले व्यक्त गरे।

यस किसिमको अभियानले ट्राफिक प्रहरीप्रति आम सर्वसाधारणको विश्वास बढाउने र सार्वजनिक सवारी चालकहरूले यात्रुहरूप्रति पारदर्शिता अपनाउनुपर्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

यद्यपि, स्थानीय सर्वसाधारणले यस्ता अनुगमन कार्यक्रमहरूलाई केवल १ दिनको अभियानमा सीमित नगरी नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

दैनिक अनुगमनबाट मात्र यात्रुहरू ठगिनबाट जोगिन सक्ने र यातायात क्षेत्रमा दीर्घकालीन सुधार हुने उनीहरूको तर्क छ।

सार्वजनिक भाडादरलाई व्यवस्थित गर्न र यात्रुहरूको गुनासो सम्बोधन गर्न ट्राफिक प्रहरीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने आवश्यक देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka