Premier Cables
Premier Steel

विराटनगर

विराटनगर वडा नम्बर ९ ले ज्येष्ठ नागरिकहरुलाई पोखरा भ्रमणमा लग्यो, मेयर नागेश कोइरालाले गरे विदाई

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०२, २०८२  | राती ११:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ९ ले वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई पोखरा भ्रमणमा लगेको छ । लागि चार दिने पोखरा भ्रमणका लागि उनीहरुलाई लगिएको हो ।

शुक्रबार वडा कार्यालय अगाडी एक विशेष कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिक आमाबुबाहरुलाई बिदाइ गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ भगतले खादा लगाई विदाइ गरे।

बिज्ञापन

वडा कार्यालयले दुई लाख रुपैयाँको बजेट बिनियोजन गरी चार दिनका लागि बस्ने र खानाको व्यवस्थापनसहित भ्रमणमा लगेको हो । टोलीमा ४० जना सहभागी रहेका छन् । जसमा दुई जना स्वास्थ्यकर्मी र दुई जना जनप्रतिनिधिहरू पनि सामेल छन्। टोलीका सदस्यहरूले पोखराका रमणीय स्थल र धार्मिक क्षेत्रहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा बोल्दै प्रमुख कोइरालाले वृद्ध अवस्थामा बसिरहेका आमाबुबाको मन भुलाउन र धार्मिक स्थलहरूको यात्रा गराउन यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे। साथै, उनले सहभागीहरूको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिए।

भ्रमणका लागि तयार रहेका मोहम्मद कमरुदिन हाजीले वडा कार्यालयले यस प्रकारको कार्यक्रम ल्याएर आफूजस्ता वृद्ध व्यक्तिहरूको हौसला बढाएको बताए। त्यस्तै, शंकरप्रसाद श्रेष्ठले घरमा बस्दा वाक्क भइसकेका वृद्धहरूका लागि यस्तो कार्यक्रम निकै प्रेरणादायी रहेको बताए। उनले भगवानसँग विराटनगरको प्रगतिका लागि कामना गर्ने पनि उल्लेख गरे।

२ गते विराटनगरबाट प्रस्थान गरेको टोली पोखराका मुख्य धार्मिक तथा रमणीय स्थलहरूको अवलोकन गरी चार दिनपछि पुनः विराटनगर फर्किने कार्यक्रम छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa