Premier Cables
Premier Steel

समाचार

हिरासतमुक्त भए रवीन्द्र मिश्र, भने- धेरै खुशी हुन्न

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०२, २०८२  | साँझ ७:३३ बजे
Hamro Biratnagar Headlines

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ठीक ५० दिनमा हिरासतमुक्त भएका छन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो ।

प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको योजना रहेको महसुस गरेर मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । आज न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजसाले उनलाई कानून व्यवसायीको रोहबरमा हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।

थुनुवा पोशाकमा सर्वोच्च अदालत लगिएका मिश्र निस्किँदाखेरि निलो टी-सर्टमा थिए । अनुहारमा सेता दाह्री झ्याप्प पलाएको थियो । उनले पत्रकारसँग थोरै आफ्नो भनाइ राखे । आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुशी नहुने मिश्रको प्रतिक्रिया छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka