Premier Cables
Premier Steel

समाचार

हिरासतमुक्त भए रवीन्द्र मिश्र, भने- धेरै खुशी हुन्न

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ०२, २०८२  | साँझ ७:३३ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ठीक ५० दिनमा हिरासतमुक्त भएका छन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो ।

प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको योजना रहेको महसुस गरेर मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । आज न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजसाले उनलाई कानून व्यवसायीको रोहबरमा हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।

बिज्ञापन

थुनुवा पोशाकमा सर्वोच्च अदालत लगिएका मिश्र निस्किँदाखेरि निलो टी-सर्टमा थिए । अनुहारमा सेता दाह्री झ्याप्प पलाएको थियो । उनले पत्रकारसँग थोरै आफ्नो भनाइ राखे । आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुशी नहुने मिश्रको प्रतिक्रिया छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka