Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा दोहोरो अंकको गिरावट

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष ०३, २०८२  | साँझ ४:०७ बजे
Hamro Biratnagar Headlines

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात १०.६६ अंकले घटेर २ हजार ६१५.०३ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले घटेर ४५०.२२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘समग्रमा हेर्दा बजार बढ्न खोजिरहेको जस्तो देखिन्छ, तर राजनीतिक विषयले लगानीकर्ताहरुमा मनोबल बढ्न नसक्दा बजारले लय लिन सकिरहेको छैन । बजार बढ्नका लागि थुप्रै आधारहरु छन् ।

बैंकहरुको ब्याजदर घट्दो छ, तरलता पर्याप्त छ र समग्र फाइनान्सियल इन्डिकेटर राम्रो देखिएको छ तर बजारलाई प्रभाव पार्ने खालको गुड न्युन नआएकाले बजार सोचेजस्तो बढ्न सकिरहेको छैन । अझैपनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । यदि बीचमा बैंकहरुलाई सेयर किन्न दिने खालको पोलिसी आएमा बजार बढ्न सक्ने देखिन्छ नत्र अहिलेको लागि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् ।’

त्यस्तै, नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘पछिल्लो समय बजारमा त्यति ठूलो उतारचढाव देखिएको छैन । बजार ठूलो अंकले बढ्न पनि सकिरहेको छैन र घटेको पनि छैन । कारोबार रकम पनि त्यति ठूलो देखिएको छैन, यसको मतलब बजारमा लगानीकर्ताहरु सक्रिय देखिँदैनन् ।

दीर्घकालिन लगानी गर्ने लगानीकर्ताहरुले घट्दो बजारमा समेत सेयर किन्न आँट गरिरहेका छैनन् । अहिले सानो–सानो अंकको घटबढ मात्रै भइरहेको छ । बजारले ठूलो मुभमेन्ट लिएको छैन । अस्थिर राजनीतिका कारण लगानीकर्ताहरु बजारमा लगानी गर्न मनोबल बढाउन सकिरहेका छैनन् । केही समय वा चुनाव भन्दा अगाडी अबको सेयरबजार यसरी नै सामान्य चल्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये तीनवटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूह ०.४८ प्रतिशत, निर्जीवन बीमा ०.२२ र होटल समूह ०.३५ अंकले बढ्यो ।

आज फाइनान्स समूह सर्वाधिक अर्थात १.५५ प्रतिशतले घट्यो। यस्तै बैंकिङ समूह ०.२२, विकास बैंक ०.१२, हाईड्रो ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.१७, लघुवित्त ०.४९, म्युचुअल फण्ड ०.३२ र अन्य समूह १.१९ प्रतिशतले घट्यो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka