Premier Cables
Premier Steel

समाचार

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०२, २०८२  | अपराह्न १२:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौँ महानगरपालिका-६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१(००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ ।

उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका(१ घर भई काठमाडौँको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पुर्‍याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

बिज्ञापन

प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई बिहिबार सार्वजनिक गरेको हो । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । थापाले गत वैशाख २९ गते बिहान ४स्३० बजे पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka