Premier Cables
Premier Steel

खेलकुद

फाईनल पुग्नबाट चुक्यो विराटनगर किंग्स, शुरुमा जोश अन्तिममा बेहोस

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । लुम्बिनी लायन्सले पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान बनाएको छ।

बिहीबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै दोस्रो संस्करणको फाइनल यात्रा पूरा गरेको हो। अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायरमार्फत फाइनलमा पुगिसकेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

बिज्ञापन

विराटनगर किंग्सले लिग चरणका खेलमा राम्रो प्रदर्शन गरेको थियो । तर, त्यसपछि भने लय समाउन सकेन । प्रारम्भमा जोश देखाएपनि अन्तिमका खेलमा होस गुमाउन पुग्यो ।

१३५ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर १७.५ ओभरमै ९४ रनमा अलआउट भयो। साम हिजलेटले २८ बलमा ३४ रन बनाएर टोलीका लागि उच्च स्कोर गरे। नरेन भट्ट २१ र मर्चेन्ट डे लाङ १७ व्यतिरिक्त अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। रुबेन ट्रम्पलम्यानले २ विकेट, अभिशेष गौतम, जेजे स्मिथ र शेर मल्लले क्रमशः २, २ र १ विकेट हात पारे। पावरप्लेमै दवाब सिर्जना गरेका ट्रम्पलम्यान र मल्लका कारण विराटनगरको इनिङ्स सुरुवातमै कमजोर बनो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो। ओपनर डार्शी सर्टले ४१ बलमा ४५ रन बनाए। उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। रोहितले ३० बलमा ३४ रन जोडे।

निरोशन डिकवेलाले २९ रन बनाए भने दिनेश अधिकारी, सन्दीप जोरा, जेजे स्मिथ र दिलीपन नाथले अपेक्षित योगदान दिन सकेनन्। पहिलो १० ओभरमै ६९ (१) को बलियो सुरुवात गरे पनि लुम्बिनीले दोस्रो १० ओभरमा ७ विकेट गुमाउँदै ६५ रन मात्र जोड्न सकेको थियो।

विराटनगरका बलर सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले उत्कृष्ट बलिङ गरे। सुभाष र प्रतिशले समान ३-३ विकेट लिए भने सन्दीपले २ विकेट हात पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka