Premier Cables
Premier Steel

खेलकुद

सुदूरपश्चिम ८५ रनमा अल आउट

Calendar शनिबार, मंसिर २७, २०८२  | साँझ ५:१४ बजे

काठमाडौं । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको छ ।

लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्रम्पलम्यानले पनि समान ३ विकेट लिए ।

बिज्ञापन

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमै अलआउट भएको हो ।

सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले १ चौका रहार गरे ।

चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी ।

कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जवोडे ।

सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले सानदार बलिङ गर्दै ३-३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । रोहितले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए । उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए ।

रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेरले ४ ओचरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka