Premier Cables
Premier Steel

खेलकुद

एनपिएल दोस्रो संस्करणमा को-को विदेशी खेलाडी खेल्दैछन् ? (हेरौं विवरण)

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २७, २०८२  | अपराह्न ३:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन आगामी मंसिर १ गतेदेखि सुरु हुने भएको छ। आठवटै फ्रेन्चाइज टोलीले तयारी तीव्र पारेका छन् भने विदेशी खेलाडीहरूको आगमनसँगै प्रतियोगिताको रौनक थपिएको छ।

यो सिजनमा अहिलेसम्म १४ देशका ३४ विदेशी खेलाडी नेपाल भित्रिसकेका छन्। फ्रेन्चाइज टोलीले कोटाअनुसार अझ केही विदेशी खेलाडी भित्र्याउने भएकाले यो संख्या बढ्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रत्येक टोलीमा अधिकतम ६ जना विदेशी खेलाडी रहने व्यवस्था छ, जसमा एक खेलको प्लेइङ–११ मा ४ जना मात्र खेल्न पाउनेछन्।

अहिलेसम्म इंग्ल्यान्डका ७, दक्षिण अफ्रिका र अस्ट्रेलियाका ५–५, अमेरिका (भारतीय र श्रीलंकन मूलका सहित) का ४, नामिबिया, स्कटल्यान्ड र न्युजिल्यान्डका २–२ तथा पाकिस्तान, अफगानिस्तान, वेस्ट इन्डिज, इटाली, नेदरल्यान्ड्स, भारत र युगान्डाका १–१ खेलाडी यस सिजनमा सहभागी हुँदैछन्।

नेपाल आउन लागेका प्रमुख खेलाडीमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र इमरान ताहिर, न्युजिल्यान्डका मार्टिन गप्टिल र स्कट कुगेलेइन, अस्ट्रेलियाका क्रिस लिन र डार्शी सर्ट, इंग्ल्यान्डका रवी बोपारा र डेभिड मलान लगायत छन्।

नेपाली खेलाडीको पारिश्रमिक २ लाखदेखि २२ लाख रुपैयाँसम्म तोकिएको छ। तर विदेशी खेलाडीहरूको पारिश्रमिक भने न फ्रेन्चाइज टोलीहरूले सार्वजनिक गरेका छन्, न नेपाल क्रिकेट संघ (क्यान) ले चासो देखाएको छ। गत सिजन भारतका शिखर धवनले एक खेलका लागि ४० लाख रुपैयाँमा सम्झौता गरेका थिए।

यो सिजनका टोली र विदेशी खेलाडी सूची

विराटनगर किंग्स

जर्ज मन्सी – ब्याटर (स्कटल्यान्ड)

साम हेजलेट – ब्याटर (अस्ट्रेलिया)

फाफ डु प्लेसिस – ब्याटर (दक्षिण अफ्रिका)

मार्टिन गप्टिल – ब्याटर (न्युजिल्यान्ड)

मरकान्ट डी लाङ्ग – बलर (दक्षिण अफ्रिका)

जनकपुर बोल्ट्स

लाहिरू मिलन्था – विकेटकिपर ब्याटर (अमेरिका, श्रीलंकन मूलका)

जान निकोल लोफ्टी इटन – ब्याटिङ अलराउन्डर (नामिबिया)

वेन पार्नेल – बलर (दक्षिण अफ्रिका)

इमरान ताहिर – बलर (दक्षिण अफ्रिका)

चितवन राइनोज

डेविड मलान – ब्याटर (इंग्ल्यान्ड)

रवी बोपारा – ब्याटिङ अलराउन्डर (इंग्ल्यान्ड)

सोहेल तन्विर – बलर (पाकिस्तान)

अल्पेश रामजनी – अलराउन्डर (युगान्डा)

सइब अली जइब – अलराउन्डर (इंग्ल्यान्ड)

काठमाण्डौ गोर्खाज

रिकार्डो भास्कोनेसेलोस – विकेटकिपर ब्याटर (दक्षिण अफ्रिका)

जेरहार्ड इरसमस – अलराउन्डर (नामिबिया)

मिलिन्द कुमार – ब्याटर (अमेरिका, भारतीय मूलका)

बेन चार्ल्सवर्थ – ब्याटर (इंग्ल्यान्ड)

सन्नी पटेल – अलराउन्डर (अमेरिका, भारतीय मूलका)

जोन सिम्पसन – विकेटकिपर ब्याटर (इंग्ल्यान्ड)

पोखरा एभेन्जर्स

ड्यान डाउथवेट – अलराउन्डर (इंग्ल्यान्ड)

रेमन्ड राइफर – अलराउन्डर (वेस्ट इन्डिज)

एडम रोसिङटम – विकेटकिपर ब्याटर (इंग्ल्यान्ड)

लुम्बिनी लायन्स

गुलबादिन नैब – अलराउन्डर (अफगानिस्तान)

डार्शी सर्ट – ब्याटर (अस्ट्रेलिया)

थोमस ड्राका – बलर (इटाली)

कर्णाली याक्स

विल बोसिस्टो – अलराउन्डर (अस्ट्रेलिया)

म्याक्स ओ’डाउड – ब्याटर (नेदरल्यान्ड्स)

मार्क वाट – बलर (स्कटल्यान्ड)

प्रियांक पन्चल – ब्याटर (भारत)

सुदूरपश्चिम रोयल्स

क्रिस लिन – ब्याटर (अस्ट्रेलिया)

स्कट कुगेलेइन – अलराउन्डर (न्युजिल्यान्ड)

हर्मित सिंह – अलराउन्डर (अमेरिका, भारतीय मूलका)

जोस ब्राउन – ब्याटर (अस्ट्रेलिया)

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka