Premier Cables

खेलकुद

पाँच करोडको लागतमा विराटनगरमा अत्याधुनिक ‘विराट स्पोर्ट जोन’, मंसिर महिनामै संचालनमा आउने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ६:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अत्याधुनिक सुविधा सहितको ‘विराट स्पोर्ट जोन’ संचालनमा आउने भएको छ। करिब ५ करोड रुपैयाँको लगानीमा डेढ बिघा जग्गामा निर्माण भइरहेको यो स्पोर्टस् जोन मंसिर २७ गते विधिवत् उद्घाटन पछि नियमित रूपमा सञ्चालनमा आउनेछ।

संचालक समितिका अनुसार एउटै छानामुनि फुटसल, क्रीकसल, स्केटिङ, गो–कार्ट, ब्याडमिन्टन, पिकल बल, टेबल टेनिसलगायतका आधुनिक खेल सिक्न र अभ्यास गर्न सकिने सुविधा उपलब्ध हुनेछ। बालबालिकामा बढ्दो खेलप्रतिको आकर्षण र आधुनिक युगको मागलाई मध्यनजर गर्दै स्पोर्ट जोन निर्माण गरिएको समितिले जनाएको छ।

विज्ञापन

जोनका अध्यक्ष हरि बजगाइँका अनुसार स्पोर्ट जोनलाई खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। उत्कृष्ट प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गर्ने व्यवस्था रहेको जोनमा भित्रै खानपिनको समेत आधुनिक सुविधा मिल्नेछ।

स्थानीय स्तरमै बहुपयोगी खेल केन्द्र बन्ने विश्वासका साथ निर्माण भइरहेको विराट स्पोर्ट जोनले विराटनगर तथा आसपासका क्षेत्रका खेलप्रेमीलाई ठूलो सहजता दिने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka