






काठमाडौं । युएफा च्याम्पियन्स लिगको उपाधि पेरिस सेन्ट जर्मेन पीएसजीले जितेको छ । फ्रेन्च क्लब पीएसजीले फाइनलमा इन्टर मिलान माथि किर्तिमानी ५-० गोलको जित हात पारेको हो । पीएसजीको यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।
जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा गएराती भएको खेलमा पीएसजीले इटालियन साइड विरूद्ध एक पक्षीय खेल प्रदर्शन गर्यो । लुइस इनरिकेको टिमले खेल सुरु भएको २० मिनेट भित्रनै २-० गोलको अग्रता लिएको थियो । यो खेलमा १९ वषिर्य डिजिहे डुहे नयाँ सुपर स्टारका रूपमा उदाए । १२औं मिनेटमा असरफ हकिमीले डुहेको सहयोगमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
हकिमी युरोपियन कपको फाइनलमा गोल गर्ने पहिलो मरक्कोन खेलाडी हुन् । २०औं मिनेटमा डुहे आफैले गोल गरेपछि पहिलो हाफमै इन्टर २(०ले पछि पर्यो । ब्रेक पछि पनि पीएसजीले आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिँदै तीन गोल थप्यो ।
६३औं मिनेटमा डुहेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । ग्यारेथ बेलले सन २०१८ मा रियाल मड्रिडबाट लिभरपुलविरूद्ध दुई गोल गरेयता यो सफलता प्राप्त गर्ने डुहे पहिलो खेलाडी हुन् ।
१९ वर्ष तीन सय ६२ दिनका उनी च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने केवल तेस्रो टिनेजर खेलाडी बनेका छन । ७३औं मिनेटमा खबिचा कभारच खेलियाले टिमका लागि चौथो गोल थपे ।
८६औं मिनेटमा सब्सिचयुट खेलाडी सेन्नी मयुको गोलसँगै पीएसजी शानदार जितका साथ च्याम्पियन बन्यो । यो भन्दा अघि सम्म फाइनलमा कुनै पनि टिमले ५(० गोलको फराकिलो जित हात पारेको थिएन् ।
नेइमार, लियोनल मेसी , किलियन एम्बाप्पेको एरामा च्याम्पियन्स लिग जित्न नसकेको पीएसजीलाई युवा खेलाडीले च्याम्पियन बनाएका हुन् । २०११ मा च्याम्पियन्स लिगलाइ लक्ष्य गर्दै कतारी वनरले पीएसजीमा लगानी गरेका थिए ।
२०२० मा बार्यन म्युनिखसँग हारेको पीएसजी अन्ततस् सफल भएको छ । १९९३ मा मार्शे पछि च्याम्पियन्स लिग जित्ने पीएसजी केवल दोस्रो फ्रेन्च क्लब हो । जितपछि भावुक बनेका प्रशिक्षक इनरिकेले क्यान्सरका कारण २०१९ मा नौ वर्षको उमेरमा ज्यान गुमाएकी छोरीको नाममा खोलिएको फाउन्डेसनको टिर्सट लगाएका थिए ।
पीएसजी समर्थकले पनि इनरिकेकी छोरीलाई समर्पित गर्दै उनको फोटो सहितको ठुलो ब्यानर प्रदर्शन गरे । इनरिकेले पीएसजीको जितको आधार समर्थक रहेको प्रतिृकया दिए ।