Premier Cables
Premier Steel

अपराध

मोरङको रंगेलीबाट ९ सय केजी गाँजा बरामद

Calendar बिहिबार, मंसिर २५, २०८२  | अपराह्न १:३० बजे

विराटनगर । मोरङको रंगेलीबाट प्रहरीले बुधबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । ९ सय किलो (९ क्वीन्टल)भन्दा बढी गाँजा बरामद गरिएको हो ।

रंगेली नगरपालिका–८ स्थित विद्युत कार्यालयबाट करिब २ सय मिटर पश्चिममा रहेको सुरेशमान श्रेष्ठको खेतबाट गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए ।

बिज्ञापन

खेतको बीचमा डुम्रीको रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले राति ९ बजेतिर बरामद गरेको हो ।

खेतको बीचमा गाँजा लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘सर्च’ अभियान चलाएको थियो । खोजतलास गर्ने क्रममा २९ वटा बोराभित्र ‘प्याक’ गरी परालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको डीएसपी चौधरीले बताए ।

डिजिटल तराजुमा तौल गर्दा गाँजा ९ सय २१ किलो ६६ ग्राम भएको छ । बरामद भएको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर इन्स्पेक्टर बोगटी नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । उक्त गाँजा कसले ल्याएर राखेको हो भन्ने यकिन भइसकेको छैन ।

गाँजाको कारोबार र ओसारपसारमा संलग्नको पहिचान एवं खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीको आँखा छलेर भारततिर लैजानलाई खेतमा भण्डारण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka